काठमाण्डौ। पछिल्लो २४ घनटाको अवधिमा देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५०८४ जनाको पीसीआर गर्दा १ हजार १५ जना र ६९९ को एन्टिजेन परीक्षण गर्दा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा मात्रै कुल ४३५ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौमा मात्रै ३२६, लतिलपुरमा ६४ र भक्तपुरमा ४५ जना छन्। 

यो अवधिमा थप २६२ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हाल ८५ जना क्वारेन्टिनमा, ११६ जना आईसीयूमा र ४६ जना भेन्टिलेन्टरमा रहेका छन्।