काठमाण्डौ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेको छ।

पछिल्लो २४ घन्टामा मात्रै देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार २१७ जनाका परीक्षण गर्दा ३ हजार १९४ जनामा र एन्टिजेन विधिबाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

योसँगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा थप २ हजार ११५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ। 

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन्। तीमध्ये ७६१ जना आईसीयूमा छन् भने १७६ जना भेन्टिलेटरमा छन्। यीमध्ये होम आइसोलेसनमा ३३ हजार ९८५, संस्थागत आइसोलेसनमा ३ हजार ३४७ र क्वारेन्टिनमा ३८१ जना छन्।

बितेको २४ घन्टामा थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या १० हजार १५० पुगेको छ। 

हालसम्म २७ लाख २२ हजार २० जनाले पूर्ण खोप लगाएका छन् भने पहिलो डोज लिनेमात्रको संख्या ४५ लाख ४१ हजार ६८२ रहेको छ।