काठमाण्डौ । तपाईको दैनिक चियानास्ता खर्च कति हो ? न्यूनतम १ सय रुपैयाँ त पक्कै होला । यो खर्चबाट दैनिक १० मात्र बचाएर लगानी गर्नुहोस्, तपाई १० लाखको मालिक बन्नुहुनेछ । 

हो यस्तै स्मार्ट अफर नेपालकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पोखरामा आयोजित एक कार्यक्रमबीच यो नयाँ बिमा योजनाको औपचारिक घोषणा गरेका हुन् । 

सो अवसरमा नेपाल लाइफको स्मार्ट अफरको प्रशंसा गर्दै चापागाईले स्मार्ट जीवन बिमा योजनाको बीमित आफू पनि बन्ने उद्घोष गरेका थिए । 

कम्पनीका संचालक कमलेशकुमार अग्रवालले समाजका हरेक बर्गका मानिसहरुको चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजनाहरु तर्जूमा गरी आफ्ना ग्राहकहरुलाई सदा उच्चतम र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कम्पनीको मुलभूत उद्देश्य रहेको उल्लेख गर्दै नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । 

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवके झालेस्मार्ट जीवन बीमा योजनाका मुलभूत बिशेषतामाथि प्रकाश पारेका थिए । उनले नयाँ बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरी दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउनसक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुुग्ने बताए । उनले बीमितलाई गुणस्तरीय सेवा पुर्याउनका लागि दाबी भूक्तानी प्रक्रिया लगायत व्यवस्थापन प्रणालीलाई चुस्त बनाईएको, यसैका फलस्वरुप कम्पनीले सफलताहरु हासिल गर्दै आईरहेको र यसै सिलसिलामा कम्पनीले हालै जारी गरेको थप साधारण शेयर निष्कासन (एफ.पि.ओ) पश्चात कम्पनीको साख र बित्तिय क्षमतामा समेत सकारात्मक प्रभाव परेको बताए । 

कार्यक्रममा पोखरा क्षेत्रमा बिगत एकदशक भन्दा लामो अवधिदेखि क्रियाशील रही कम्पनीको व्यवसाय बृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुभएका बरिष्ठ अभिकर्ता प्रविण पोखरेललाई सम्मान गरिएको थियो । 

संचालक हरिश्चन्द्र सुवेदीले नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै जीवन बीमाका लागि बिद्यमान कर छुटको प्रावधानलाई बढाउन सके जीवन बीमा क्षेत्रलाई थप टेवा पुग्नेमा जोड दिए ।