काठमाण्डौ । नेपालमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २६ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

हिमालयन बैंकबाहेक सबै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक वित्तीय विवरणअनुसार २६ वटा वाणिज्य बैंकहरुको कुल नाफा बढेर ३३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। कुल नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १०.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म यी वाणिज्य बैंकहरुको कुल नाफा ३० अर्ब ४४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यो बैंकले २ अर्ब ३१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो।

यही अवधिसम्म दोस्रो उच्च नाफा गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले २ अर्ब ४० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म एनआईसी एसियाले २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

खुद नाफा २ अर्ब १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक तेस्रो स्थानमा रहेको छ। गत वर्ष यही अवधिसम्म नबिलले २ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। 

राष्ट्रि वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफासहित चौथो स्थानमा छ। यो बैंकले गत वर्ष यही अवधिसम्म १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

उच्च नाफा आर्जन गर्नेको सूचीमा एनएमबि पाँचौँ स्थानमा रहेको छ। यो बैंकले १ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यो बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यसैगरी १ अर्ब ६८ करोड रुपैयाँ नाफासहित प्राइम कमर्सियल बैंक छैटौँ स्थानमा रहेको छ। यो बैंकले गत वर्ष यही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

सातौँ स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ। यो बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको नाफा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।

सिद्धार्थ बैंक १ अर्ब ५८ करोड रुपैयाँ नाफासहित आठौँ स्थानमा रहेको छ। यो बैंकले गत वर्ष ९१ करोड ८७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। 

नवौँ स्थानमा १ अर्ब ४२ करोड नाफासहित कृषि विकास बैंक रहेको छ। यो बैंकले गत वर्ष यही अवधिमा १ अर्ब ३२ करोड नाफा आर्जन गरेको थियो। 

नेपाल बैंक दसौँ स्थानमा छ। गत वर्ष यही अवधिसम्म १ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिसम्म अन्य बैंकको नाफा यस्तो छ–

  • मेगा बैंक – रु. १ अर्ब ३९ करोड
  • प्रभु – रु. १ अर्ब २६ करोड
  • सिटिजन्स – रु. १ अर्ब २४ करोड
  • स्ट्यान्डर्ड चार्टर्ड – रु. १ अर्ब ९ करोड
  • सानिमा – रु. १ अर्ब ८ करोड
  • माछापुच्छ्रे – रु. १ अर्ब १ करोड
  • कुमारी – रु. ९५ करोड १७ लाख
  • एनसीसी – रु. ९० करोड ५ लाख 
  • एभरेष्ट – रु. ८३ करोड ८९ लाख 
  • लक्ष्मी – रु. ८१ करोड ७४ लाख
  • नेपाल बंगलादेश – रु. ८१ करोड ११ लाख 
  • नेपाल एसबीआई – रु. ७८ करोड २८ लाख
  • सेन्चुरी – रु. ७२ करोड २२ लाख 
  • बैंक अफ काठमाण्डू – रु. ७१ करोड ९३ लाख 
  • सिभिल – रु. ५० करोड ४० लाख 
  •