काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ३३.०३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २९३१.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक ४.०९ अंकले बढेर ५४३.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने पौने ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार प्रफिट बुक गरेका लगानीकर्ताहरु फेरि बजार पस्दा बजार बढेको बताउँछन्। तरलताको अवस्था सहज नै रहेको र कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्ट आउन सुरु गरेकोले लगानीकर्ताहरु हौसिएको रौनियारको तर्क छ। ‘कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्ट राम्रै आउने अपेक्षा लगानीकर्ताहरुलाई छ’, उनले भने।
पुस मसान्तमा ब्याज तिर्नुपर्ने दबाब पनि सकिएकोले बजार सकारात्मक बनेको रौनियारको भनाइ छ। ‘अब विस्तारै आईपीओ र हकप्रद पनि निष्कासन हुनेछन्’, उनले भने, ‘यसले बजारमा फेरि एकपटक चहलपहल हुन्छ।’
सक्रिय लगानीकर्ता उमेश गौतम अहिले बैंकहरुमा तरलता सहज हुँदै गएकोले पनि त्यसको सकारात्मक प्रभाव बजारमा परेको बताउँछन्। ‘अहिलेसम्म सार्वजनिक भएका कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आएका छन्’, उनले भने।
सन् २०२३ को अगस्टसम्म बजार बुलिस नै रहने गौतमको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ३.३७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.०२ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.५८ प्रतिशत, जलविद्युत समूहमा २.२२ प्रतिशत, लगानी समूहमा २.१२ प्रतिशत, जीवन बीमा समूहमा २.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा १.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०६ प्रतिशत, अन्य समूहमा ०.५२ प्रतिशत र व्यापार समूहमा १.४५ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह ०.१४ प्रतिशत र बैंकिङ समूह ०.०५ प्रतिशतले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक २२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १८ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ६७ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको १५ करोड १८ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड १४ लाख रुपैयाँ, एचआईडीसीएलको १३ करोड ६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ६४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ९ करोड ८९ लाख रुपैयाँको बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। मैलुङखोला जलविद्युत र तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। न्यादी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन बोटलर्स नेपाल (तराई) सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै २ प्रतिशतले ओरालो लागेको छ।
26 minutes ago
33 minutes ago
41 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago