काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ११.२२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ११.२२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८२ अंकले बढेर ३८३.६६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट लगानीकर्ताहरुको ध्यान अहिले राजनीतिमा केन्द्रित रहेको बताउँछन्। ‘कसको नेतृत्वमा सरकार बन्ला, अर्थमन्त्रीमा को आउला भन्ने चासो लगानीकर्ताको देखिएको छ’, उनले भने, ‘त्यही भएर धेरैजसो लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा सामान्य उतारचढाव भइरहेको छ।’
केही दिन अझै बजार साइडवेजमा चल्न सक्ने बिष्ट बताउँछन्।
अर्का बजार जानकार प्रकाश रजौरेको भनाइ पनि बिष्टको भन्दा फरक छैन। उनी पनि लगानीकर्ताहरुको ध्यानमा राजनीतिमै केन्द्रित रहेको बताउँछन्।
रजौरेले बैंकहरुको सीडी रेसियो घटे पनि तरलता सहज नहुँदा पनि बजारले गति लिन नसकेको बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १.२८ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.९९ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२८ प्रतिशत, वित्त समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४६ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५४ प्रतिशत, अन्य समूहमा ०.२९ प्रतिशत र व्यापार समूहमा ०.८८ प्रतिशतको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक ०.२० प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.१८ प्रतिशतले घट्दा लगानी समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४१ कम्पनीका ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८६ रुपैयामा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँ, एनसीसी बैंकको संस्थापक सेयरको ८ करोड १३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड २ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ६ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६० लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ करोड ४६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको २ करोड १४ लाख रुपैयाँ र नेपाल टेलिकमको २ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज धौलागिरी लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। श्वेत–गंगा हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन घलेम्दी हाइड्रो र रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
7 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago