काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ।
आज बजार १०.८७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९०८.५५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले घटेर ३५९.४८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजो तुलनामा बढेर करिब ९० करोड रुपैयाँबराबरको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी अहिले बजारमा चैत महिनाको प्रभाव परेको बताउँछिन्। ‘यो बेला बैंकको किस्ता तिर्नुपर्ने समय हो, त्यसैले प्रायः चैत महिनामा बजार सुस्त नै हुन्छ’, उनले भनिन्।
कारोबार १ अर्ब तल हुनुमा लगानीकर्ताले घटेर बेच्न नचाहेको जस्तो देखिने पनि तिवारीले बताइन्। ‘वैशाख लागेपछि कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउने भएकोले, त्यसपछि मात्र बजारको दिशा निर्धारण हुनेछ’, उनले भने, ‘अहिलेको बजार साइडवेजमा चलिरहेकोले लगानीकर्ताहरुले किन्न हतार नगरेको जस्तो पनि देखिन्छ।’
बजार जानकार सूर्यनारायण पौडेल पनि बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘लगानीकर्ता मन्त्रिमण्डल विस्तार कुरेर बसेको देखिन्छ’, उनले भने, ‘तेस्रो त्रैमासको रिपोर्ट आएपछि बजारले गति लिन सक्छ।’
अर्थमन्त्रीमा कांग्रेसबाट प्रकाशशरण महत आउने लगभग निश्चित देखिएकोले बजार सकारात्मक बन्न सक्ने पौडेलको भनाइ छ। ‘उहाँ अर्थतन्त्र बुझेको मान्छ हो र यतिबेला डाइनामिक भएर काम गर्नुभयो भने बजारले गति लिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.५० प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.११ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४२ प्रतिशत, विकास बैंक समूहमा ०.४४ प्रतिशत, जलविद्युत समूहमा ०.८० प्रतिशत, लगानी समूहमा ०.५७ प्रतिशत, जीवन बीमा समूहमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा ०.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत र लगानी समूहमा ०.२२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज शिवम सिमेन्टको सर्वाधिक ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन जीवन विकास लघुवित्तको २ करोड १४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड १३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४ लाख रुपैयाँ, सोल्टी होटेलको १ करोड ९६ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १ करोड ८० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सुपर माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन आदर्श लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago