काठमाण्डौ । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षका लागि आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन/स्मोकर्स्’ को साथमा सहकार्य गरी विश्वभरका संगीतप्रेमीहरुलाई नयाँ सांगीतिक प्रस्तुतीहरु पेश गरिनेछ ।

हालै विश्वव्यापी प्रचलित कलाकारहरुमध्ये एक रहेका ‘द चेन्स्मोकर्स्’ टुबोर्ग ओपनको साथमा युरोप र एसियाका उत्कृष्ट संगीतकारहरुसँग सहकार्य गर्दै विश्वभरका संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

नेपालको अभियानमा नेपाली कलाकारले ‘द चेन्स्मोकर्स्’ को ‘सिक् बोई’ एल्बमको हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘होप्’ ट्रयाकको धुुन  प्रयोग गरी नयाँ संगीत सिर्जना गर्ने मौका पाउनेछन् ।

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन्स्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट लेट् मी डाउन’ र ‘हेल्से’सँगको ‘क्लोजर्’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याति प्राप्त गरे । २०१७ को अप्रिलमा उक्त जोडीले आफ्नो पहिलो एल्बम् ‘मेमोरिज....डु नट् ओपन्’ रिलिज गरेका थिए, जसमा ‘कोल्डप्ले’ ब्याण्डसँग सांगीतिक सहकार्य रहेको मल्टी–प्लाटिनम् सर्टिफाईड् हिट ‘समथिङ जस्ट लाईक दिस्’ समावेश थियो ।

विश्वभरका प्रतिभाशाली कलाकारहरुले आफ्नो संगीत पुनःकल्पना गरेको हेर्न पाउने मौकाको बारेमा बाल्दै ड्रिउ टग्गार्टले भने, “हामी अवश्य हाम्रो संगीत अरुले कसरी लिन्छन् भनि हेर्न उत्सुक छौ । यो अभियान धेरै विविध सांस्कृतिक पृष्ठभूमिका कलाकारहरुसँग जोडिँदैछ र उनीहरुले कसरी हाम्रो गीतहरुलाई प्रस्तुत गर्नेछन् भनी हामी अनुमान लगाउन सक्दैनौ । हाम्रो संगीतसँग कसरी अरुहरुले आफ्नो सांस्कृतिक प्रभावहरु मिसाएको हेर्न साँच्चै निकै रोमाञ्चक हुनेछ ।”

एलेक्स् पालले थपे, “विश्वभरका कलाकारहरुले आफ्नो संस्कृति, अनुभव, शैली हाम्रो संगीतमा भरेको हेर्न साँच्चै उत्सुक छु, किनकि यी देशहरुको संस्कृति र समृद्ध इतिहास विशेष रहेको छ । टुबोर्ग ओपनजस्ता अभियानहरुले संगीतलाई ठूलो र विश्वलाई नजिक लिएर आउँछ ।”

अभियानको भागको रुपमा विश्वभरका संगीतप्रेमीहरुले सामाजिक सञ्जालमा नयाँ ए.आर. फिल्टर प्रयोग गरी #JointheBeat  मा सामेल हुन सक्नेछन्, जसमा उनीहरुले आफ्नो प्रिय कलाकार ‘द चेन्स्मोकर्स्’ को ट्रयाककोे मजा लिइरहेको भिडियो अपलोड गर्न सक्नेछन् ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, वैभव शर्मा भन्छन्, “टुबोर्गको नेपालमा गत करिब ३ दशकदेखि धेरै  प्रतिष्ठित संगीतकारहरु र धेरै सांगीतिक कार्यक्रमहरुसँग आबद्ध रही संगीतसँग लामो सम्बन्ध रहेको छ । २०१८ मा नेपालमा टुबोर्ग ओपनको सुरुवात गर्दा हामीले यति प्रभावकारी होला भन्ने कल्पना गरेका थिएनौं । गत दुई वर्षको अभियानमा ‘बिपुल क्षेत्री’, ‘लाउरे’ र ‘नितेशजंग कुँवर’ ले विश्वव्यापी कलाकारहरु ‘डिप्लो’, ‘मो’ र ‘क्लिन ब्याण्डिट’सँग सहकार्य गरी दुईवटा गीतहरु रिलिज गरिसकेका छन्  । यो विश्वव्यापी सहकार्यलाई २०२० मा ‘द चेन र स्मोकर्स्’सँग निरन्तरता दिन पाउँदा हामी निकै खुसी छौं । टुबोर्ग ओपन सधै मानिसहरुलाई विभिन्न संस्कृतिहरुको नयाँ संगीत अनुभव गर्न प्रोत्साहित गर्ने र मौका दिनेबारे रहेको छ र यो वर्ष पनि सो निरन्तरता जारी रहनेछ ।”