काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले बैशाख ६ गतेदेखि धनकुटामा आफ्नो पहिलो सोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ ।

धनकुटा–७ स्थित जिरो प्वाइन्टमा खोलिएको सोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछन् ।

नयाँ सोरुमले स्थानीय ग्राहकहरुलाई टु ह्वीलर खरीद गर्न धेरै सहज हुने र यसैको माध्यमबाट महिन्द्रालाई आफ्नो बिक्री थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको भनाईछ  ।

महिन्द्राले हालै नयाँ वर्षलक्षित ‘महिन्द्रामा यसपाली, स्क्र्याच गरौ दुई ताली’ नामक ४००५ क्यासब्याक अफर पनि ल्याएको छ ।