काठमाण्डौ । नेपालमा शुक्रबार कोभिड १९ का चौथो संक्रमित भेटिएका छन् । 

स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै चौथो संक्रमित व्यक्ति धनढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका बताएको छ । 

दुबईबाट हालै मात्र नेपाल आएका उनी उच्च ज्वरो र रुघाखोकीको समस्यापछि चैत ११ गते अस्पताल भर्ना भएका थिए । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनी दुबईबाट कहिले नेपाल आएका थिए र कुन कम्पनीको जहाजबाट आएका थिए भन्ने विषयमा खोजबिन थालिएको छ । 

यसअघि नेपालमा ३ कोरोना संक्रमित भेटिइसकेका छन् । तीमध्ये एकजना निको भएर स्वास्थ्यलाभमा छन् भने थप दुईजना संक्रमितको टेकूस्थित अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । 

दोश्रो संक्रमित फ्रान्सबाट कतार हुँदै नेपाली आएकी १९ वर्षीया युवती थिइन भने तेश्रो संक्रमित पनि दुबईबार्टबाटै आएका ३२ वर्षीय युवा थिए ।