धनगढी। महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो शुक्रबार एक कार्यक्रमबीच धनगढीमा पनि सार्वजनिक गरेको छ।

बुटवल, चितवन, हेटौँडालगायतका ठाउँहरुमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो  सार्वजनिक गरेलगतै धनगढीको क्याम्पस रोडमा पनि सार्वजनिक गरेको हो। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु. ८ लाख ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ।

महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो। सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ।

अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक बी एन्ड ए अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक अभिनाश चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरिएको हो।