काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको धरान शाखाले बुधबार रक्तदान कार्यक्रम गरेको छ।
नेपाल रेडक्रस सोसाईटी धरानको सहयोगमा बिरामीहरुको स्वास्थ्योपचारका लागि रगतको आवश्यकता परिपूर्ति गर्न सहयोग पुर्याउने उद्देश्यले धरानको माछाभौडी पार्कमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई बैंकले आभार व्यक्त गरेको छ।
सोही अवसरमा बैंकले नगरको सरसफाइमा सहयोग पुर्याउन धरान उपमहानगरपालिका वडा नं. २ लाई ७ थान र वडा नं. ३ लाई १५ थान गरी २२ थान डस्टबिन प्रदान गरेको छ । ती डस्टबिन बैंकका तर्फबाट सहायक महाप्रबन्धक अशोक क्षेत्रीले वडा नं. २ का वडाअध्यक्ष रमेश राई र वडा नं. ३ की वडाअध्यक्ष विद्या शाक्यलाई उपमेयर आईन्द्र विक्रम वेघाको उस्थितिमा हस्तान्तरण गरेका थिए।
29 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago