काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाइस्कूल मैदानमा भव्य मेलाको आयोजना गर्यो । मेलामा धरानेहरु झुमे, नाचे, कलाकारसँगै गाए र मनपरेका खेल खेल्दै खाल खालका परिकारमा समेत रमाएका देखिए । 

रि-ब्राण्डिङ्गपछि नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना आदानप्रदानका लागि एनसेलले देशका प्रमुख शहरहरुमा मेला आयोजना गर्ने क्रममा बिहीबार धरानेहरुलाई तताएको हो । 

एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउँसो २ बजेपछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । धरानेहरुको उत्साहजनक सहभागिता रहेको मेलामा चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरुमा विशेष घुइँचो लागेको थियो ।

चर्चित कलाकार सुगमपोख्रेल, शिव परियार, मिलनअमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समूह एक्स व्याण्डको प्रस्तुतीमा धराने दर्शक झुमेका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले धरानेलाई नहाँसी बस्न दिएन ।  कार्टुन्जक्रु र युभिएन्जल्स्को साँझको विषेश प्रस्तुती पनि हेर्न लायक थियो ।

मेलाका अवलोकनकर्ताले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गरेका थिए । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीड थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिङमा पनि दर्शक रमाएका देखिन्थे ।

सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा समेत उत्तिकै भीड थियो । नेपाली, भारतीय, चाइनिज परिकारको स्वाद समेत दर्शकले चाखेका थिए ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले आफ्ना ग्राहकमाझ एनसेलले खुशी साट्न पाउँदा आफूहरु पनि हर्षित भएको बताए । उनका अनुसार धरानपछि अब एनसेल मेला असोज ८ गते बिर्तामोडमा आयोजना भई सकिनेछ ।