काठमाण्डौ । प्राविधिक तालिममा करोडौँ खर्चिएर काममा लगाइएका बरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेको आजको नागरिक दैनिकमा खबर छ ।

पछिल्ला केही महिनामा विभन्नि वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्ययन नियमविपरीत ‘अग्रिम जानकारी’ बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरुमाथि कारवाही माग गर्दै सम्बद्ध वायुसेवा नियामक निकाय गुहारेका छन् ।

सेवा सुविधा बढी पाएको भन्दै नेपालका विभिन्न नीजि विमान तथा हेलिकप्टरका पाइलट अन्यमा गएका छन् । यस क्रमले कम्पनी–कम्पनीबीच बैमनश्य समेत बढेको छ ।

उनीहरु नेपालकै एउटा नीजि कम्पनीबाट अर्को नीजि कम्पनीमा गएपछि समस्या बढेको समाचारमा उल्लेख छ ।