काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने प्रतिबद्धता गरेका छन्।
धितोपत्र बोर्ड आज चैत २५ गतेबाट ३१औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा अध्यक्ष हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति, नियमन क्षमता तथा सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई जोड दिइने अध्यक्ष हमालले आफ्नो प्रतिबद्धतापत्र उल्लेख गरेका छन्।
बुक बिल्डिङ प्रणाली, ऋणपत्र बजार र धितोपत्र प्रत्याभूतिसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यदिशामा बोर्ड अगाडि बढेको प्रतिबद्धतापत्रमा उल्लेख छ।
समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ प्रतिस्पर्धी र विश्वसनीय बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तार कार्य धितोपत्र बोर्डको भावी प्राथमिकता रहेको अध्यक्ष हमालले जनाएका छन्।
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago