काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा नियमित सेयर कारोबार खुलेको छ। 

आज प्रिओपनिङ सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) यो कम्पनीको सेयर प्रतिकत्तिा ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो। योसँगै लिवर्टी इनर्जीको आजबाट नियमित कारोबार (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) सुरु भएको हो।

आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (११ देखि ३ बजे) मा कारोबार हुन्छ। 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लिबर्टी इनर्जी कम्पनीबीच गत शुक्रबार सूचीकरण सम्झौता सम्पन्न भई दोस्रो बजारमा आज आइतबारबाट कारोबार भएको हो। नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु। १०० देखि रु। ३००  सम्म मूल्य रेन्ज प्रदान गरेको थियो।

कम्पनीले गत भदौ ३ गतेदेखि भदौ १७ गतेसम्म सर्वसाधारणका लागि र साउन ७ गतेदेखि साउन २१ गतेसम्म आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गरेको थियो।

कारोबार खुलेको ४ मिनेटभित्रै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ । यससँगै यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३३० रुपैयाँ पुगेको छ।