काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ । 

नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न थप १० वटा संस्थालाई स्वीकृति प्रदान गरेको हो । यससँगै बोर्डबाट अब ७४ ओटा संस्था योग्य संस्थागत लगानीकर्ताका रुपमा समावेश भएका छन् । 

बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा स्वीकृति पाउनेमा उषा इन्भेष्टमेन्ट प्रालि,कुमारी बैंक,सनराइज बैंक,लक्ष्मी बैंक,गुडविल फाइनान्स,युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड,बिशाल ग्रुप,श्री गणेश प्रोपर्टिज एन्ड इन्भेष्टमेन्ट प्रालि,प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनी र सिड इन्फ्रा प्रालि रहेका छन् । 

नेपाल धितोपत्र बोर्डले यसअघि ४६ संस्थाहरुलाई योग्य संस्थापक लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेकामा गत माघ २० गते १८ ओटा थप संस्थाहरुलाई स्वीकृति प्रदान गरेको थियो ।