काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ। 

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीले ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। स्पेसल प्रि–ओपन सेसनमा सोही रेन्जभित्र यो कम्पनीको सेयर किनबेच भएपछि कारोबार खुलेको हो। पहिलो कारोबार १८६.५ रुपैयाँमा भएको छ।

मैलुङ खोला जलविद्युतलाई ‘एमकेजेसी’ कारोबार संकेत प्रदान गरेको छ।

यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। नेप्सेमा मैलुङ खोला जलविद्युतको कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ३६ हजार २८६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको ३ लाख ३८ हजार १४४ कित्ता र संस्थापक समूहको २५ लाख ७७ हजार कित्ता रहेका छन्।

यो कम्पनीले गत साउन दोस्रो साता सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो।