काठमाण्डौ । काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना सुरु भएको छ । सो क्षेत्रमा हालसम्म ५ सय मत गणना हुँदा रोचक परिणाम आएको छ ।
मेयरका लागि स्वतन्त्र उम्मेद्वार विदूरकुमार बस्नेतले २८३ मतसहित अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका व्यक्ति हुन् ।
उनली धुलिखेल कांग्रेसका सभापति पनि हुन् । गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि त्यसमा असहमति जनाउँदै उनले कांगे्रसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
उनलाई एमालेका अशोककुमार ब्याञ्जुले २१३ मतसहित पछ्याइरहेका छन् । अघिल्लो निर्वाचनमा ब्याञ्जुले जितेका थिए ।
गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत मात्र ल्याएका छन् ।
धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago