काठमाण्डौ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।
केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्। साउनमा वाणिज्य बैंकहरु आफैँले ब्याजदर निर्धारण गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले घटाउने निर्णय गरेका छन्।
आज सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन्। जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत, सानिमाले ९.५२ प्रतिशत र ७.५२ प्रतिशत तथा कुमारी बैंक र कृषि विकास बैंकले ९.५१ प्रतिशत र ७.५१ प्रतिशत तथा प्रभु बैंकले ९.५ प्रतिशत र ७.५ प्रतिशत कायम गरेको छ।
नबिल, एनएमबि, नेपाल एसबीआई र हिमालयन बैंकले असारकै ब्याजदरलाई साउनमा निरन्तरता दिएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत दिने भएका छन्।
यसैगरी आज साउनको ब्याजदर सार्वजनिक गरेका केही राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत म्द्दति निक्षेपमा १०.१० प्रतिशत कायम गरेका छन्।असारमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याज दिएका थिए।
क्षेत्रीयस्तरका विकास बैंकले असारमा संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.८५ प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.८५ प्रतिशत ब्याज दिइरहेका छन्। अब साउनमा घटाएर क्रमशः ८.३५ प्रतिशत र १०.६५ प्रतिशत दिने भएका छन्।
फाइनान्सहरुले साउनदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। जसअनुसार फाइनान्सहरुले मुद्दति निक्षेपमा अधिकतममा संस्थागततर्फ ८.७० प्रतिशत र व्यक्तिगततर्फ १०.७० प्रतिशत कायम गरेका छन्।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago