काठमाण्डौ । ललितपुरको धोबीघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी सर्भिस चेकअप क्याम्प सम्पन्न भएको छ । 
गत चैत १७, १८ र १९ गते सम्पन्न सो चेकअप क्याम्पमा सुजुकीका सबै मोडलका गाडीहरु चेकअप गरिएको थियो ।

क्याम्पमा १ सय ५५ गाडी चेकअप गरिएको क्याम्प आयोजक सौर्य इन्टरप्राइजेज कन्सर्नका सञ्चालक मधुसूदन सिग्देलले बताए । 
 

हालै सुुजुकी सर्भिस सेन्टरको रुपमा सञ्चालनमा आएको सौर्य इन्टरप्राइजेज कन्सर्नले सो क्याम्पको आयोजना गरेको हो । क्याम्पमा २४ प्वाइन्ट जनरल चेकअप गरिएको सञ्चालक सिग्देलले जनाए । क्याम्पमा निःशुल्क एसडीटी डायग्नोसिस समेत गरिएको थियो । 
 

यो बाहेक क्याम्पमा लेबर चार्जमा २० प्रतिशत तथा स्पेयर पार्ट्स, एसेसरिज र ल्यूबमा १० प्रतिशत छुट प्रदान गरिएको थियो । यो बाहेक क्याम्पकै अवसरमा लक्की ड्रमार्फत आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
 

घाटस्थित मारुती सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर हालै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।