काठमाण्डौ । नेपाल टेलिकमले पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत धौलागिरी अञ्चलको विभिन्न स्थानमा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । 

धौलागिरी अञ्चलको विभिन्न स्थानमा १६ वटा बिटिएस सञ्चालनमा रहेकोमा थप ५ वटा स्थानमा नयाँ बिटिएस जडान गरी हाल २१ स्थानबाट जिएसएम प्रविधिको थप गुणस्तरीय थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । 

उनका अनुसार बागलुङ जिल्लाको बागलुङ बजार, पर्वतको कुस्मा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, मुस्ताङ जिल्लाको कैसाङ क्याम्प, म्याग्दीको पुलाचौर, पर्वतको पातीचौर र दुर्लुङ्ग तथा बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गललगायतका गाविसहरुमा थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ । 

कम्पनीको यो सेवामार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट, तीव्र गतिको इन्टरनेट सर्फिङ, तथा १४ एमबीपिएससम्मको डाटा डाउनलोड तथा ५.७ एमबीपिएससम्मको डाटा अपलोड गर्ने सेवा समेत उपलब्ध हुने अधिकारीले बताए । यसबाट टेलिकमका उपभोक्ता थप लाभान्वित बताइएको छ । 

काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्रिजी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजनाअनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा क्रमिक रुपले सेवा विस्तार भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।