काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाले ४ करोड ५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
संस्थाले ६ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६९ लाख रुपैयाँ रहेको थियो।
संस्थाले ५१ करोड ६२ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६१ करोड १३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाले रिजर्भको आकार ५३.१२ प्रतिशतले घटेर ५ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १० करोड ६८ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा निष्क्रिय कर्जा अनुपात (एनपीएल) ४.९५ प्रतिशतबाट बढेर १२.४५ प्रतिशत पुगेको छ।
चुक्तापुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.३१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ६६.५१ रुपैयाँ थियो।
पीई रेसियो २०३.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४८.६१ रुपैयाँ रहेको छ।
38 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago