काठमाण्डौ । पर्यटकीय क्षेत्र नगरकोटमा रहेका सबै होटलका कोठा क्वारेन्टिनका सरकारलाई दिन व्यवसायीहरु तयार भएका छन्।
विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न हुन सक्ने पस्थितिलाई ध्यानमा राखेको नगरकोटका होटेल व्यवसायीहरुले यस्तो निर्णय गरेका हुन्। होटल व्यवसायीको प्रस्तावसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोली अवस्था बुझ्न बुधबार नगरकोट पुगेका छन्।
टोलीले कति होटलका कति कोठा क्वारेन्टिन बनाउन सकिन्छ भनेर बुझ्नेछ। त्यसपछि मात्र पुनः होटेल व्यवसायीहरुसँग बसेर छलफल गरी निर्णयमा पुगिने मन्त्रालय स्रोत बताउँछ।
कोरोनाको आशंकित व्यक्तिलाई लक्षणहरू देखिन्छन् कि देखिँदैनन् भनेर हेर्न सामान्यत १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्छ।
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago