काठमाण्डौ । कुनै कम्पनी वा संस्था सफल र सवल बन्न कुशल नेतृत्वको साथमा मिलेको टिम चाहिन्छ । टिममा एकसे एक सदस्यहरु समेटिन सके भने त्यस्तो कम्पनी वा संस्थाको प्रगति रकेटको गतिमा संभव हुन्छ । 

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा समेत टिम मिलाउने चलन सुरु भएको छ । यसको जबरजस्त सुरुवात नबिल बैंकले गरेको छ । 

निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नबिलले पछिल्लो समय निकै लोभलाग्दो र बलियो टिम तयार गरेको छ । संचालक समितिदेखि व्यवस्थापनको उच्च तहसम्म नबिलले टिम मिलाएको छ, जसका कारण यो बैंकले आगामी दिनमा अझ धेरै प्रगति गर्ने अपेक्षा गरिनु स्वभाविक देखिएको छ । 

नबिल बैंकले पछिल्लो समय उच्च व्यवस्थापनमा रहेर अन्य संस्थामा काम गर्ने अनुभवी पात्रहरुलाई धमाधम भित्र्याउने काम गर्यो, जसको फलस्वरुप निकै व्यवसायिक बैंकरहरुको ऐतिहासिक जमघट यो बैंकमा भएको छ । 

नबिलले राम्रो टिम तयार गरेपछि अन्य बैंकहरुले समेत नबिलको पद्चाप पछ्याउन थालेका छन् । अरुका लागि समेत प्रेरणा बन्न सफल नबिलको टिम चाहिँ कस्तो छ त ? पछिल्लो समय व्यवसायिक बंैकरहरुको जमघट रहेको नबिल बैंकका संचालकदेखि उच्च व्यवस्थापनमा कस्ता कस्ता अनुहारहरु छन्(आएका छन्) ? 

उपेन्द्रप्रसाद पौड्याल
नेपालको बैंकिङ क्षेत्रका भेटेरान बैंकर हुन् पौड्याल । जो केही महिनाअघि मात्रै नबिल बैंकको संचालक समितिको अध्यक्ष बनेका छन् । पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट एमविए गरेका छन् । उनले सन् १९८६ देखि २००० सम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक (नेपाल) लिमीटेड र अप्रिल २००० देखि मार्च २०१७ सम्म एनएमबि बैंक लिमीटेडमा सेवा गरेका थिए । उनीसँग बैंकिङ्ग तथा परियोजना लगानी र अन्तर्राष्ट्रिय बैंकिङ्गका सबै पक्षहरुको बृहत ज्ञान रहेको छ । उनी जनवरी २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष समेत थिए । 

निर्वाण चौधरी
निर्वाण चौधरी नोभेम्बर २०१० देखि बैंकको सञ्चालक रहेका छन् । चौधरी नेपाली व्यवसायिक समूह चौधरी ग्रुपको प्रबन्ध निर्देशक छन् । उनले काठमाडौं विश्वविद्यालय, नेपालबाट एमबिए उपाधि हासिल गरेका छन् । उनी यसअघि युनाईटेड इन्स्योरेन्स कम्पनी तथा युनाइटेड फाइनान्स कम्पनीको पनि सञ्चालक थिए ।

मलय मुखर्जी 
नबिल बैंकका अर्का संचालक मुखर्जी एमएस्सी, कर्जा विश्लेषण, जोखिम व्यवस्थापन र प्रविधि विकासको क्षेत्रमा बृहत ज्ञान हासिल गरेका बरिष्ठ बैंकिङ्ग कार्यकारी हुन् । उनी आइएफसिआई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक र आइएफसिआई अन्तर्गतका विभिन्न कम्पनीहरुको अध्यक्ष समेत थिए । उनी सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म भारतस्थित सेन्ट्रल बैंक अफ इण्डिया
को कार्यकारी निर्देशक पनि रहिसकेका छन् । उनले भारतीय बैंकको जोखिम व्यवस्थापन विभाग र प्रविधि व्यवस्थापन विभाग हेर्ने महाप्रवन्धकको रुपमा चेन्नई स्थित कर्पोरेट कार्यालयमा पनि काम गरेका थिए । साथै उनले भारतको चेन्नईस्थित ईण्डियन बैंकको जोखिम व्यवस्थापन तथा प्रविधि व्यवस्थापन विभाग सम्हाल्ने गरी महाप्रबन्धकको रुपमा पनि सेवा गरेका थिए । 

महेशराज पन्त 
बैंकका संचालक पन्तले त्रिभुवन विश्वविद्यालयबाट बी.ए. गरेका छन् । उद्योग मन्त्रालयमा सन् १९७६ देखि १९९२ सम्म प्राविधिक अधिकृतको रुपमा सेवा गरेका पन्त कर निर्धारण तथा मूल्य अभिवृद्धि कर लेखापरीक्षणमा विशेष दक्षता राख्छन् । हाल उनी सिजी फुड्स(नेपाल) प्रा.लि.मा वरिष्ठ महाप्रबन्धकको रुपमा कार्यरत छन् । 

आशा राणा अधिकारी
बैंकमा स्वतन्त्र संचालक रहेकी अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमविए गरेकी छिन् । त्यसपछि उनले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र सनराईज बैंकमा ३४ वर्ष सेवा गरी अन्त्यमा सनराईज बैंकको उपकार्यकारी प्रमुखबाट अप्रिल २०२० देखि सेवा निवृत्त भएकी थिइन्।

सन् १९८३ मा त्रिभुवन विश्वविद्यालयबाट लिइएको एमबिए परीक्षामा नेपाल प्रथम (विश्वविद्यालय टपर) भई उनले महेन्द्र विद्याभूषण(स्वर्ण पदक) तथा नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक समेत प्राप्त गरेकी छिन् ।

अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत
अनिल शाह नेपाली बैंकिंग क्षेत्रका सेलीब्रेटी बैंकर हुन् । उनले भारतबाट एमबीए गरेका छन् । उनले आफ्नो बैंकिङ करिअर स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सुरुवात गरेका थिए, जहाँ उनले १३ वर्ष काम गरे । सन् २००४ को अप्रीलमा शाह नविल बैंकको महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए । सन् २००५ को मे महिनामै उनी नविलको सीइओ बनेका थिए । त्यसपछि उनी सन् २००९ बाट मेगा बैंकको संस्थापक सीइओ बने । मेगा बैंकमा २ कार्यकाल पूरा गरेपछि उनको पुनः सन् २०१८ मा नविल बैंकमा सीइओको रुपमा पुनरागमन भयो । उनी नेपाल बैंकर एशोसिएसनको समेत अध्यक्ष बनेका थिए । अनिल शाह नेपालको बैंकिङ उद्योगमा सुपरिचित र उदाहरणीय नाम हो । व्यवस्थापनका धेरै विद्यार्थीहरुले आफ्नो रोलमोडल अनिल शाह जस्ता पात्रहरुलाई मान्ने गर्छन् र आफू पनि शाहजस्तै बैंकर बनेको सपना देख्ने गर्छन् । 

सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत
शाक्य राम्रो प्रगति गर्ने नेपाली बैंकरमध्येका एक पात्र हुन् । शालीन र भद्र स्वभावका शाक्यले लखनउस्थित इन्स्टिच्यूट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट विजिनेश म्यानेजमेन्टमा पोस्ट ग्राजुएट डिप्लोमा कोर्स गरेका छन् । उनीसँग नेपालका विभिन्न बैंकका विभिन्न विभागमा रहेर काम गरेको २३ वर्ष लामो अनुभव छ । यो २३ वर्षमा शाक्यले नेपाल श्रीलंका मर्चेन्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया, एनआइसी एशिया बैंक, सिभिल बैंक र जनता बैंकमा काम गरे । ग्लोबल आइएमई बैंकमा समेत नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका उनी हाल नविल बैंकको पनि नायब प्रमुख कार्यकारी अधिकृत नै छन् । 

विनयकुमार रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख-नविल डिजीबैंक
रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनीसँग नविल बैंकका विभिन्न विभागमा रहेर काम गरेको ३३ वर्षको लामो अनुभव छ । रेग्मी हाल डिजीटल बैंकिङमा पनि अग्रणी बन्न अगाडि बढेको नविल बैंकको विशेष यूनिट, नविल डिजीबैंकको प्रमुखको रुपमा समेत कार्यरत छन् । 

दीपक श्रेष्ठ, प्रमुख-आन्तरिक लेखा परिक्षण
श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाटै एमबीए गरेका छन् । उनीसँग पनि नविल बैंकको विभिन्न विभागमा रहेर ३४ वर्ष लामो समयसम्म काम गरेको अनुभव छ । हाल उनी नविल बैंकको आन्तरिक लेखा परिक्षणको प्रमुखको रुपमा कार्यरत छन् । 

आदर्श बजगाईं, प्रमुख-अन्तराष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार
बजगाईंले काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १६ वर्षसम्म फाइनान्सियल मार्केट्सको हेड तथा हेड अफ सेल्सको रुपमा समेत सेवा गरे । उनीसँग ग्लोबल फाइनान्सियल मार्केट्स एण्ड इन्भेष्टमेन्ट एनालिसिसको विज्ञता छ । हाल बजगाईं नविल बैंकको अन्तराष्ट्रिय व्यापार तथा रणनीतिक विस्तारको प्रमुखको रुपमा कार्यरत छन् । 

मनोजकुमार ज्ञवाली, नायब महाप्रबन्धक-वित्त
दि इन्स्टिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड अकाउण्टटेन्ट (सिए) कोर्स पूरा गरेका ज्ञवाली पछिल्लो पुस्तामा चिनिएका बैंकर हुन् । उनीसँग मुद्रा बजार, बित्त बजार तथा सेयर बजारको विषयमा विश्लेषण गर्ने निकै राम्रो कला र क्षमता छ । बैंकिङ क्षेत्रका राम्रा विश्लेषकको रुपमा पहिचान बनाउँदै गरेका ज्ञवालीले नेपाल राष्ट्र बैंकबाट आफ्नो करिअरको सुरुवात गरेका हुन् । त्यसपछि ग्लोबल आइएमई बैंकमा काम गरेका उनले ज्योति विकास बैंकमा सन् २०१६ देखि २०२० सम्म नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । हाल उनी नविल बैंकमा चिफ फाइनान्सियल अफिसरको रुपमा कार्यरत छन् । 

कृष्णदत्त भट्टराई, सहायक महाप्रबन्धक – आन्तरिक लेखा परिक्षण
भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका हुन् । नविल बैंकको विभिन्न विभागमा रहेर उनले २९ वर्षसम्म काम गरिसकेका छन् । हाल भट्टराई नविल बैंकको आन्तरिक लेखा परिक्षण विभागमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत छन् । 

गणेशप्रसाद अवस्थी, प्रमुख – शाखा बैंकिङ
अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनीसँग विभिन्न बैंकमा रहेर काम गरेको १५ वर्ष लामो अनुभव छ । उनले आफ्नो बैंकिङ करिअर भने एनआइसी बैंकबाट सुरुवात गरेका थिए । त्यसपछि कुमारी बैंकमा काम गरेका उनी ग्लोबल आइएमई बैंकमा कन्ट्री अपरेसनको प्रमुख समेत भएका थिए । हाल अवस्थी नविल बैंकको शाखा बैंकिङको प्रमुखको रुपमा कार्यरत छन् । 

नमिता दीक्षित, प्रमुख – जोखिम अधिकृत
दीक्षितले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी छिन् । नविल बैंकको विभिन्न विभागमा रहेर काम गरेको २९ वर्ष लामो अनुभव उनीसँग छ । हाल नविल बैंकमा उनी प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छिन् । 

ज्ञानेन्द्रप्रताप शाह, प्रमुख – संस्थागत बैंकिङ्ग
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको पढाई पूरा गरेका शाहसँग नविल बैंकको विभिन्न विभागमा रहेर काम गरेको २९ वर्ष लामो अनुभव छ । हाल उनी नविल बैंकको संस्थागत बैंकिङ्गको प्रमुखको रुपमा कार्यरत छन् । 

रोशन कोइराला, प्रमुख – मानव संसाधन 
कोइरालाले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् । उनीसँग नविल बैंकका विभिन्न शाखा तथा विभागमा रहेर काम गरेको २७ वर्ष लामो अनुभव छ । हाल उनी नविल बैंकको मानव संसाधन विभागको प्रमुखको रुपमा कार्यरत छन् । 

कृष्ण सुवेदी, प्रमुख – दायित्व व्यवस्थापन एबम कर्पोरेट कम्युनिकेशन
सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबीए उपाधि हासिल गरेका सुवेदीसँग २० वर्षे लामो विभिन्न क्षेत्रको अनुभव छ । उनले यो अवधिमा बैंकबाहेक विश्वकै ठूलो मल्टिनेशनल कम्पनी द कोकाकोला कम्पनीको नेपाल स्थित कम्पनी बोटलर्स नेपालमा समेत काम गरेका छन् । उनले एनएमबी बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरे । हाल उनी नविल बैंकको दायित्व व्यवस्थापन तथा कर्पोरेट कम्युनिकेशन विभागको प्रमुखको रुपमा कार्यरत छन् । भद्र र शालीन स्वभावका सुवेदी दायित्व व्यवस्थापन, मिडिया म्यानेजमेन्ट तथा बाह्य मामिलामा विशेष दख्खल राख्दछन् ।

सुजित पोखरेल, प्रमुख – वित्त
भारतबाट सिए कोर्स पूरा गरेका पोखरेलसँग बैंक तथा विभिन्न मल्टिनेसन कम्पनीमा काम गरेको १५ वर्ष लामो अनुभव छ । उनले सनराइज बैंक, सिभिल बैंक, गोर्खा डेभलपमेन्ट बैंक, थम्पसन नेपाल, सिद्धार्थ बैंक लगायतका संस्थामा काम गरिसकेका छन् । हाल उनी प्रमुख – वित्त रुपमा नविल बैंकमा कार्यरत छन् ।