काठमाण्डौ । नबिल बैंकमा विलय हुने सम्झौता गरेको युनाइटेड फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारदेखि लागू हुने गरी युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको हो। नेप्सले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम यो कम्पनीको सेयर कारोबार रोक्का गरिएको जनाएको छ। 

नबिल बैंक र युनाइटेड फाइनान्सबीच गत शुक्रबार प्राप्तिसम्बन्धी समझदारी भएको थियो। नबिल बैंकलेले १००ः३५ सेयर स्वाप रेसियोमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेको छ। यसको अर्थ युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नबिल बैंकको ३५ कित्ता सेयर पाउनेछन् ।