काठमाण्डौ । बम्पर लाभांश घोषणा गरेको नबिल बैंकसहित ८ वाणिज्य र २ विकास बैंकले आज बुधबार (पुस २९ गते) एकैदिन वार्षिक साधारणभा गर्दैछन्। 

लाभांश पारित मुख्य अजेन्डसहित यी बैंकहरुले वार्णिक साधारणभा आयोजना गर्दैछन्। अधिकांशको बैंकको सभा भर्चुअल माध्यमबाट आफ्नै केन्द्रीय कार्यालयहरुमा हुँदैछ। 

आज वार्षिक साधारणभा गर्न लागेका वाणिज्य बैंकहरुमा नबिल, ग्लोबल आईएमई, एनएमबी, नेपाल बैंक, सेन्चुरी, प्राइम, मेगा र कृषि विकास बैंक छन्। त्यस्तै कामना सेवा र शाइन रेसुंगाले पनि आजै वार्षिक साधारणसभा गर्दैछन्।

यीमध्ये यसपालि नबिल बैंकले सेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ। यो नबिलले ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कुल ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो।

यसैगरी ग्लोबल आईएमई बैंकले कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। जसमा १४ प्रतिशत बोनस र २ प्रतिशत नगद रहेका छन्।

उता एनएमबीले १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद गरी कुल १६.२० प्रतिशत लाभांश पारित गर्नेछ। 

नेपाल बैंकले १४ प्रतिशत बोनस र २ प्रतिशत नगरी कुल १६ प्रतिशत तथा प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनस सेयरमात्र घोषणा गरेको छ। यी दुवै बैंकको आजको वार्षिक साधारणले लाभांश अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछन्।

यस्तै सेन्चुरीले कुल ७.५ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। जसमा ५.२५ प्रतिशत बोनस र २.२५ नगद रहेका छन्।

मेगाले कुल १३.०५ प्रतिशत र कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभाश अनुमोदन गर्दैछन्। मेगाले १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद तथा कृषि विकास बैंकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेका छन्।

आजै कामना सेवा र साइन रेसुंगा विकास बैंकको पनि वार्षिक साधारणसभा हुँदैछ। जसले कामना सेवाले प्रस्ताव गरेको कुल ४.४० प्रतिशत बोनस र ०.२३ नगद लाभांश अनुमोदन गर्नेछ। 

त्यस्तै सभाले शाइन रेसुंगाले घोषणा गरेको १३ प्रतिशत बोनस सेयर पारित गर्नेछ।