काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले, नबिल बैंकको साझेदारीमा दराज सारथी कार्यक्रम औपचारिक रूपमा शुरू गरेको छ।
यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरुर्ले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन् । महामारीका कारण आइपरेको आर्थिक संकटले अहिले विशेष गरी एसएमईमा गम्भीर प्रभाव पारेको छ। सारथी प्रोग्रामद्वारा दराजमा सक्रिय एसएमई विक्रेताहरूले महामारीले ल्याई पुर्र्याएको कठिनाइहरूसँग लड्न सक्षम बनाउनेछ।
यो एसएमई कार्यक्रम योग्यतामा आधारित हुनेछ। मतलब विक्रेताको प्रदर्शन अनुसार सुविधाहरु हुनेछन( जति राम्रो प्रदर्शन उति धेरै फाइदा। दराज सारथी कार्यक्रम मार्फत एसएमई बिक्रेताहरुले कुल ५० करोड सम्मको वित्तीय सहयोग प्राप्त गर्ने मौका पाउनेछन्। साथै दराजमा सहभागी एसएमइ बिक्रेताहरुले थप सुविधा नि पाउनेछन् जसमा आकर्षक ब्याजदरमा थप १० करोडसम्म लोन रकम पर्दछ ।
कर्जा सुविधाको साथ साथै एसएमई विक्रेताहरुले अन्य फाइदाहरु पनि प्राप्त गर्न सक्नेछन् , जस्तै
● कागजात पेश गरेको ७२ घण्टामै लोनको निर्णय
● एसएमईको लागी राम्रो व्याज दर
● विभिन्न एसएमई आवस्यकताहरु पुरा गर्न बनाएको विभिन्न प्रकारको लोनहरु
● दराजमा विक्रेताको प्रदर्शन अनुसार लोन एड्मिन शुल्कमा छुट
● पहिलो दस एसएमईहरुका लागि लोन एड्मिन शुल्कमा ०।२५ प्रतिसत छुट
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago