काठमाण्डौ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरु तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ।
नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरु तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका छन्।
नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकहरुको पेसागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रुपमा काम गर्दै आएको छ। यस बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago