काठमाण्डौ । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधन (ईभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) भेहिकलका कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतापत्रमा नबिल बैंकका सिनियर डीसीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै ग्राहकले हुन्डाई गाडी, ईभी र ईसीई खरिदका लागि नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन्।
आवश्यक कागजपत्र प्रमाणीकरण भएको ३ कार्यदिनभित्र ग्राहकले कर्जा सुविधा पाउनेछ। यस्तो कर्जा ७ वर्ष अवधिको हुनेछ। ईभी गाडी खरिदका हकमा व्यक्तिले कुल मूल्यको ८० प्रतिशतसम्म र संस्थाले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने सम्झौता भएको छ। आईसीईमा भने व्यक्तिले ५० प्रतिशत र संस्थाले ७० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन्।
ग्राहकले यो सुविधा देशभर रहेका नबिल बैंकका शाखा कार्यालयहरु र हुन्डाईका १७ वटा शोरुमबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योसँगै ग्राहकले आफू चाहेको हुन्डाईको गाडी सजिलै खरिद गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
31 minutes ago
42 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago