काठमाण्डौ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सूचीकृत भएको छ।

IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ Global तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र २ हजार १०० कोष समावेश गर्दछ। जुन शीर्ष परियोजना वित्त ऋणदाताहरुको ८०%, शीर्ष कानून फर्महरुको ९०% र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजका साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४ औँ स्थानमा छ।  जुन G- SIB (Global Systemically Important Banks) शीर्ष २० औँमा पर्न सफल भएको छ। लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटीएम र १७० भन्दा बढी बैंकिङ साझेदारमार्फत अन्तर्राष्ट्रिय  बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ।  नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेसन व्यवस्थामा अगाडि छ।

निर्माणमा आधारित उद्योगहरु जस्तै– सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिई चलेका उद्योगहरुबाट देशको कुल खपतको ५०% माग पूर्ति गर्दै आएको छ। जलविद्युत क्षेत्रमा १ हजार ८०० मेगावाटसम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ। 

त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेसन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।