काठमाण्डौ । नबिल बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।
बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम ४८० रुपैयाँ तोकिएको छ। संस्थापक सेयरधनीहरुले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य उल्लेख गरेर खामबन्दी निवेदन पेस गर्नुपर्नेछ।
निवेदन यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाण्डौको तीनधारास्थित विणामार्गमा रहेको बैंकको केन्द्रीय कार्यालय बुझाउनुपर्नेछ।
तोकिएको मितिभित्र कुनै निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago