काठमाण्डौ । नबिल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना सुरु गरेको छ ।

कर्जाअन्तर्गत बैंकले घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभर ड्राफ्टमै ७.९९% ब्याजदरमा प्रवाह गर्नेछ । 

त्यस्तै साना तथा मझौला कर्जाअन्तर्गत १ करोड रुपैयाँसम्मको कर्जा ७.४९%  र १ करोड रुपैयाँभन्दा माथिको कर्जा ७.९९% उपलब्ध गराइने बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले स्पष्ट पारेको छ । 

यसैगरी व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जनप्रदान गर्ने तथा कर्जाको हकमा सोको लागत घटाउने हुनाले यो योजनाले अहिलेको कोरोना महामारीका कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकले आशा लिएको छ। यस योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई बार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै १ वर्षसम्मको मुद्दती खातामा ८.५%, २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५% ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५०% ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।