काठमाण्डौ । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

यो साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन्। 

नबिलका ग्राहकले मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरुमा २५% छुट प्राप्त गर्नेछन्। 

बैंकले यस समझदारीपत्रको मुख्य उद्देश्य खातावालालाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नुरहेको जनाएको छ। 

मिदास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो। जसमा ट्युटोरियल भिडियोहरु र विद्यालय पुस्तकका सबै पाठहरुको अन्तर्क्रियात्मक रुपमा विकास गरेका हुन्छन्।