काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको पुस महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। पुसमा यी ४ वटै योजनाको न्याभ बढेको छ। 

पुसमा इक्विटी फन्डको न्याभ बढेर १०.६३ रुपैयाँ कायम भएको छ। गत मंसिरमा यो योजनाको न्याभ ९.५१ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी १ अर्ब ७६ लाख रुपैयाँ थियो।

पुसमा यो योजनाको कुल नाफा ६ करोड ८४ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नोक्सानी ७ करोड २३ लाख रुपैयाँ थियो।

पुसमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि बढेर १०.६९ रुपैयाँ कायम भएको छ। गत मंसिरमा न्याभ ९.४३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १३ करोड रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी १ अर्ब १ करोड रुपैयाँ थियो।

पुसमा यो योजनाको कुल नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नोक्सानी ७ करोड ४३ लाख रुपैयाँ थियो।

यसैगरी पुसमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि बढेर ९.०७ रुपैयाँ कायम भएको छ। गत मंसिरमा न्याभ ८.२२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८९ करोड १ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिरसम्म यस्तो लगानी ७९ करोड ९४ लाख रुपैयाँ थियो।

पुसमा यो योजनाको कुल नाफा ६ करोड १४ लाख रुपैयाँ रहेको छ। गत मंसिरमा कुल नोक्सानी ४ करोड ३५ लाख रुपैयाँ थियो।

पुसमा फ्लेक्सी क्याप फन्डको न्याभ बढेर ९.९५ रुपैयाँ कायम भएको छ। गत मंसिरमा न्याभ ९.९२ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत पुससम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल ११ करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत मंसिर कुल लगानी ५ करोड ४७ लाख रुपैयाँ थियो। 

पुसमा यो योजनाको कुल नोक्सानी २२ लाख ५८ हजार रुपैयाँ रहेको छ। गत मंसिरमा यो योजनाको कुल नोक्सानी ३५ लाख ९२ हजार रुपैयाँ रहेको थियो।