काठमाण्डौ । नबिल बैंकको ३ लाख कित्ता सेयर आज फागुन १० गतेबाट बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार कित्ताको गुणनमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ।
19 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago