काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफामा उत्साहजनक बढोत्तरी भएको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो।
यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो।
बैंकले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ६.१५ प्रतिशतले घटेर २५ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.१४ प्रतिशतमा सीमित थियो।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४४५.७२ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६१ करोड ५ लाख रुपैयाँमा सीमित थियो।
ईपीएस भने बढेर २५.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.५७ रुपैयाँ थियो। पीई रेसियो २४.५५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०१.०७ रुपैयाँ पुगेको छ।
9 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago