काठमाण्डौ । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनि निकै जरुरी भएको उल्लेख गर्दै बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनका लागि भिडियो सार्वजनिक गरेको छ । 

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएका थिए । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल खान गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेरे । दशैंको भिडियोले पाएको मायाका लागि नबिल बैंकले सबैप्रति आभार प्रकट गरेको छ । 

तिहारको भिडियोले अहिलेको अवस्थामा भौतिक रुपमाभन्दा भावनात्मक रुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्ने बैंकले अपेक्षा लिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।