काठमाण्डौ । नबिल म्युचुअल फन्डद्वारा सञ्चालित २ वटा म्युचुअल फन्डका प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) वैशाख महिनामा घटेको छ। नबिल इन्भेस्टमेन्ट बैंकिङको व्यवस्थापन तथा नबिल बैंकको कोष प्रवर्द्धनमा सञ्चालित नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल इक्विटी फन्डको न्याभ वैशाखमा घटेको हो। 

आज सार्वजनिक वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार ब्यालेन्सड् फन्ड–२ को न्याभ घटेर १६.२६ रुपैयाँ सीमित बनेको छ। गत चैतमा न्याभ १६.३५ रुपैयाँ रहेको थियो। 

यो फन्डको सेयरमा लगानी पनि घटेर १ अर्ब ३९ करोड रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। 

वैशाखसम्म यो १० वर्षे योजनाले १ अर्ब ६८ करोड रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी १ अर्ब ७२ करोड रुपैयाँ थियो।

कुल नाफा पनि वैशाखमा घटेर ६७ करोड ६० लाख रुपैयाँमा झरेको छ। गत चैतसम्म नाफा ६८ करोड ६४ लाख रुपैयाँ रहेको थियो।

यसैगरी नबिल इक्विटी फन्डको न्याभ घटेर १६.९९ रुपैयाँ सीमित बनेको छ। गत चैतमा न्याभ १७.२४ रुपैयाँ रहेको थियो। 

यो फन्डको सेयरमा लगानी पनि घटेर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित बनेको छ। गत महिना सेयरमा लगानी १ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो। 

वैशाखसम्म यो ७ वर्षे योजनाले १ अर्ब ९७ करोड रुपैयाँ कुल लगानी गरेको छ। चैतसम्म कुल लगानी २ अर्ब २ करोड रुपैयाँ थियो।

कुल नाफा पनि वैशाखमा घटेर ८६ करोड ९९ लाख रुपैयाँमा झरेको छ। गत चैतसम्म नाफा ९० करोड १४ लाख रुपैयाँ रहेको थियो।