काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ र कोष प्रवर्द्धक नबिल बैंक रहेका नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरिएको हो। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्टबैंकिङको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ५० करोड रुपैयाँ बाँडिनेछ। 

यो सातवर्षे बन्दमुखी योजना हो।

यसैगरी नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार ३९.२ करोड इकाइधनीहरुलाई बाँडिनेछ। 

यो पनि बन्दमुखी १० वर्षे योजना हो।