काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल वितरणका लागि बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफलका लागि यही असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज १० गतेसम्म कायम इकाइधनीहरुमात्र यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।
गत आर्थिकको मुनाफाबाट नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ५० करोड रुपैयाँ बाँडिनेछ।
यसैगरी नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार ३९.२ करोड इकाइधनीहरुलाई बाँडिनेछ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago