काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सञ्चालनमा ल्याएको छ। 

यो सेवा प्राप्त गर्ने लगानीकर्ताले वार्षिक शुल्कबापत वर्ष २०२२ का लागि केवल रु. २ हजार २२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ। Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिएबापत लगानीकर्ताले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन। यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालिस्ट तथा गहन विश्लेषण, रिसर्चका आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिस गरिनेछ र लगानीकर्ताले दिएको आदेशअनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ। 

व्यवस्थापन गरेबापत लगानी गरिएको रकममा भएको फाइदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिइने छैन भने लगानी गरिएको रकमबाहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ। यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा सेयरको मूल्यांकन गराई प्रवेश गर्न सकिनेछ। 

यो सेवासम्बन्धी अन्य जानकारीका लागि कम्पनीको ई–मेलः info@nabilinvest.com.np वा फोन नम्बर ४४११६०४, ४४११७३३ Ext. 134/141 मा सम्पर्कका लागि सकिनेछ। 

विगतका दिनहरुमा यस कम्पनीबाट सञ्चालन गरिएको विभिन्न स्किमहरुबाट पूर्ण फाइदा लिएका लगानीकर्ता तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताले सीमित अवधि अर्थात् जनवरी २०२२ महिनाभरिका लागिमात्र यो सुविधा दिइने र यसबाट पनि लगानीकर्ताले पूर्ण फाइदा लिने कम्पनीको विश्वास छ।