काठमाण्डौ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।
आज साँझ नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।
सम्झौताबमोजिम नबिलले प्रतिसेयर ४२ रुपैयाँका दरले नेपाल बंगलादेश बैंकलाई गाभ्नेछ।
दुवै संस्थाबीच मर्जरको पहल डेढ वर्ष अघिबाटै भएको हो। तर, नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको ४१ प्रतिशत सेयर स्वामित्व कसरी टुंग्याउने भन्नेबारेमा समय लाग्दा मर्जरले गति लिन सकेको थिएन।
नबिल बैंकको अहिले चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकको शुक्रबारको साधारणसभाले ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँले बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ।
नेपाल बंगलादेश बैंकको चुक्तापुँजी ९ अर्ब चार करोड रुपैयाँ छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ। यस हिसाबले नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १ अर्ब ८ करोड रुपैयाँले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। यो नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिलको चुक्तापुँजी २२ अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ।
नेपाल बंगलादेश बैंकर्ला गाभेपछि नबिलकै नामबाट एकीकृत कारोबार हुनेछ।
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago