काठमाण्डौ । नबिल बैंकले आज आइतबार जरंखु, शंखमूल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाण्डौ उपत्यकामा एकसाथ उद्घाटन गरेको छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाण्डौ महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गरेका हुन्।
बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरिएको हो। बैंकले चारैवटा नयाँ शाखाहरु एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो।
विगत ३७ वर्षदेखि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरुले ग्राहकलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरु प्रदान गर्नेछ। मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरु पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ।
आइतवार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ। बैंकले १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ। नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।
देशकै अग्रणी तथा आमलगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ।
4 minutes ago
21 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago