काठमाण्डौ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा लगानीकर्ता बन्न चाहने स्वावलम्बी नारीहरुका लागि सम्मानस्वरुप निःशुल्क टर्म लाइफ इन्स्योरेन्स एन्ड मेजर क्यान्सर्ससम्बन्धी योजना ल्याएको छ।

यस्तो योजनामा भाग लिन चाहने नारीहरुले यस कम्पनीबाट प्रदान गर्दै आएको लगानी व्यवस्थापन सेवा प्राप्त गरेको हुनुपर्नेछ। घटीमा १० लाख रुपैयाँबाट प्रवेश गर्न सकिने यो सेवाबाट प्राप्त हुने प्रतिफल जुनसुकै बेला पनि लगानीकर्ताले बजारबाट झिक्न सक्नेछन्। 

क्यान्सरजस्तो घातक रोगको निःशुल्क इन्स्योरेन्स सेवा प्राप्त गरेबापत लगानीकर्ताले ३ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्न सक्नेछन् भने आवधिक जीवन बीमाअन्तर्गत ७५ हजार रुपैयाँसम्मको क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन्। 

मेटलाइफ नेपालसँगको सहकार्यमा सञ्चालिन यस्तो योजना २ वर्षका लागि हुनेछ भने यो योजनाअन्तर्गतका लगानीकर्ताले जति वर्षसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङ सहकार्य गर्नेछन्, त्यति नै वर्षसम्म पनि यो योजनामा सहभागी नारीहरुका लागि यो सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै हेल्थ पाटर्नरका रुपमा ई–फार्मेसी रहेको छ। जसले लगानीकर्ता नारीहरुका लागि औषधि खरिद तथा अन्य बिक्री हुने वस्तुहरुमा विशेष छुटको व्यवस्था गरेको छ। आफ्ना ग्राहकको स्वास्थ्यमा विशेष ध्यान दिने उद्देश्यले सञ्चालित यो योजनामा केवल नेपाली नारी लगानीकर्ताहरुमात्र सहभागि हुन पाउनेछन्। 

विगतका दिनमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने र लगानीकर्तालाई उच्चतम दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले सञ्चालित यो योजनाका लागि कम्पनीले दक्ष तथा अनुभवी बजार विश्लेषकहरुको व्यवस्था गरेको छ। जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसकेका लगानीकर्ता तथा सेयर बजारसम्बन्धी उचित जानकारी हासिल गर्न नसक्ने लगानीकर्ताले यसबाट उचित फाइदा लिन सक्नेछन्। 

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालिस्ट तथा गहन विश्लेषण, रिचर्सका आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्ताको लगानीको निर्णय लिइनेछ। लगानी गरिएको रकमबाहेक नाफा भएको रकम जुनसुकै बेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा सेयरको मूल्यांकन गराई प्रवेश गर्न सकिनेछ। यो सेवा सर्वसाधारण नारी लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन्। 

लगानीकर्तालाई यो सेवासम्बन्धी अन्य जानकारी आवश्यक परेमा कम्पनीको ई–मेल info@nabilinvest.com.np वा marketing@nabilinvest.com.np ई–मेल गर्न वा फोन नम्बर ४४११६०४, ४४११७३३ Ext. 134/141 मा सम्पर्कका लागि अनुरोध गरेको छ। 

विगतका दिनहरुमा यस कम्पनीबाट सञ्चालन गरिएको विभिन्न स्किमबाट पूर्ण फाइदा लिभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताले आजै कम्पनीमा सम्पर्क गरी यसबाट पनि पूर्ण फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।