काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको आज फागुन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड २ र ब्यालेन्सड फन्ड ३ को वित्तीय विवरण सार्वजनिक गरिएको हो। जसअनुसार यी ३ वटै योजनाका प्रतिइकाइ खुद मूल्य (न्याभ) माघको तुलनामा फागुनमा घटेको छ। 

फागुनमा नबिल इक्विटी फन्डको न्याभ घटेर १३ रुपैयाँमा झरेको छ। गत माघमा १३.५९ रुपैयाँ रहेको थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयर १ अर्ब २३ करोड रुपैयाँ र ऋणपत्रमा ११ करोड ८ लाख रुपैयाँ लगानी रहेको छ। गत माघ यस्तो लगानी क्रमशः १ अर्ब २७ करोड रुपैयाँ र ११ करोड २३ लाख रुपैयाँ रहेको थियो। 

फागुनसम्म यो म्युचुअल फन्डको कुल लगानी १ अर्ब ४८ करोड रुपैयाँ बढी रहेको छ। 

यो योजनाले फागुनमा १२ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत माघमा पनि ४ करोड ८१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। 

यसैगरी नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर फागुनमा १३.२१ रुपैयाँमा झरेको छ। गत माघमा १३.९३ रुपैयाँ रहेको थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयर १ अर्ब १३ करोड रुपैयाँ र ऋणपत्रमा २० करोड ३० लाख रुपैयाँ लगानी रहेको छ। गत माघ यस्तो लगानी क्रमशः १ अर्ब २० करोड रुपैयाँ र २० करोड ६८ लाख रुपैयाँ रहेको थियो।

फागुनसम्म यो म्युचुअल फन्डको कुल लगानी १ अर्ब ३७ करोड रुपैयाँ बढी रहेको छ। 

यो योजनाले फागुनमा ९ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत माघमा पनि १ करोड ३१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। 

यस्तै नबिल ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि घटेर फागुनमा ९.९० रुपैयाँमा झरेको छ। गत माघमा १०.२० रुपैयाँ रहेको थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत सेयर ७० करोड २ लाख रुपैयाँ र ऋणपत्रमा २ करोड ७४ लाख रुपैयाँ लगानी रहेको छ। गत माघ यस्तो लगानी क्रमशः ७१ करोड ५८ लाख रुपैयाँ र २ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

फागुनसम्म यो म्युचुअल फन्डको कुल लगानी ९२ करोड २२ लाख रुपैयाँ बढी रहेको छ। 

यो योजनाले फागुनमा १ करोड २६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत माघमा पनि २ करोड ५१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।