काठमाण्डौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ।
नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो।
विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको छ। यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी, जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ।
सुरुमा एक हप्ताका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु. २०० र प्रतिदिनप्रति मर्चेन्ट अधिकतम रु. ५०० सम्म क्यासब्याक प्रदान गरिनेछ। यो योजना २०७९ वैशाख १ गतेदेखि लागू हुनेछ।
यस योजनामार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैंकिङ च्यानलमा भित्र्याउने, उनीहरुलाई डिजिटल वित्तीय समाधानहरु प्रदान गरी दिगो वित्तीय रुपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ।
सन् १९८४ मा स्थापित बैंकले हाल १४६ शाखा, १८० एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम डिजिटल सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक डिजिटल बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रीत रहेको छ।
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago