काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ८.९१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ।
यो अवधिसम्म बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म ५ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत ६ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५ अर्ब ९ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९८ रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार ८.३२ प्रतिशतले घटेर १४ अर्ब ५३ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १५ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेर १.१४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.४८ प्रतिशत थियो। सीडी रेसियो ९१.४७ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २४.३९ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ३६.६३ रुपैयाँ रहेको थियो।
बैंकको पीई रेसियो ३९.८२ गुणा र प्रतिसेयर नेटवर्थ १९०.२९ रुपैयाँ रहेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago