काठमाण्डौ । नबिल बैंकले आज बिहीबार एकैदिन देशभर एकैपटक १४ वटा नयाँ शाखा उद्घाटन गरेको छ।

नबिल बैंकले धुम्बाराही मालीगाउँ काठमाण्डौ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाण्डौ, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाण्डौमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो। तीक्त शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रमका बीच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाण्डौ महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंककी सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंकका सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरेका छन्। 

यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयकी निर्देशक रञ्जना पौडेल पण्डितले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख–प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयकी निर्देशक मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखा, नबिल बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंकको वीरगन्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा तथा नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगाईं र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन्। 

बैंकले कार्यक्रमका अतिथि, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्य एवं बैंकका उच्च पदस्थ अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो। 

उद्घाटन गरिएका शाखा कार्यालयहरु देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ सुविधा लिन सक्नेछन्। 

विगत ३७ वर्षदेखि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरुले ग्राहकलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ। मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरु पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ। बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ। बैंकले १८८ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ।

नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ। 

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल यस नबिल बैंकले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ।