काठमाण्डौ । नबिल बैंक लिमिटेडले विशेष साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ। नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको छ।
नबिल र नेपाल बंगलादेश बैंकको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले पनि गत फागुनको अन्तिम साता सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ।
नबिल बैंकले विशेष साधारणसभा प्रयोजनका लागि यही वैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ वैशाख २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै विशेष साधारणसभा भाग लिन पाउनेछन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago